समाज

आज १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आज १९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । लेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १९ सय रुपैयाँले बढेको हो ।

सोमबार प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १९ सय रुपैयाँले बढेर २ लाख १७ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार प्रतितोला २५७५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर २५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *