काठमाडौं । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव आज धुमधामका साथ मनाइँदै छ ।
सो अबसरमा विभिन्न नाराहरु लिखित प्लेकार्ड तथा ब्यानर सहित र्याली समेत निकालिने गरिन्छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्म भएको दिन मुस्लिम समुदायले विशेष प्रार्थना र धार्मिक सभा आयोजना गर्दछन । जन्मोत्सवका अवसरमा विभिन्न मस्जिद र मदरसामा जाग्राम बसेर धार्मिक प्रार्थना समेत गरिन्छ ।
मधेश प्रदेश सरकारले पैगम्बर मोहम्मद साहबको जन्मदिवस ‘मोहम्मद दिवस’को अवसरमा आज प्रदेशमा सार्वजनिक विदा दिएको छ ।