समाज

गभर्नर पौडेलविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

गभर्नर पौडेलविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज सुनुवाइ हुँदैछ । 

केही दिनअघि नै सर्वोच्चमा पुगेको पौडेलविरुद्धको रिट मंगलबार दर्ता भएर आजका लागि पेशी तोकिएको हो । अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले पौडेलको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गरेका हुन् । 

रिटमा नेपाल राष्ट्र बैंक ऐन २०५८ ले अनिवार्य गरेको विज्ञतासमेत नभएको व्यक्तिलाई गभर्नर नियुक्ति गरिएको जिकिर छ । पौडेललाई गभर्नरमा सिफारिस, नियुक्ति तथा शपथसमेत गराउने निर्णय गैरकानूनी भएको तर्क रिटमा गरिएको छ । 

रिटमा नियुक्ती उत्प्रेषणको आदेशले बदर गरी नोटमा हस्ताक्षर गर्ने लगायतका गम्भीर राष्ट्रिय महत्वको विषयमा राष्ट्रलाई नै असर पर्ने गरी गभर्नरको हैसियतले कुनै पनि दूरगामी कार्य सम्पादन नगर्न नगराउन प्रतिषेध मिश्रित परमादेशको आदेश माग गरिएको छ ।  
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *