काठमाडौं । डीएभी टोस्टमास्टर्स क्लब र टोखा टोस्टमास्टर्स क्लबले संयुक्त आयोजनामा टोस्टमास्टर्स फुटसल प्रतियोगिता २०२५ सम्पन्न भएको छ ।
डीएभी कलेजको फुटसल ग्राउण्डमा सम्पन्न भएको सो प्रतियोगितामा लुगाज क्लोथिङ, स्किल स्क्वायर, ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्स, लहाना लन्चबक्स, र तारा फुड्सको सहकार्यका साथै डीएभी स्पोट्र्स एन्ड इभेन्ट क्लब र डीएभी मिडिया एन्ड प्रमोशन क्लबको समर्थन रहेको थियो ।
प्रतियोगितामा नेपालभरका विभिन्न टोस्टमास्टर्स क्लबहरूबाट आठ उत्साही टिमहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा एकता र उत्साहका साथ खेल प्रतिभाको अद्भुत प्रदर्शन गरिएको थियो ।प्रतियोगितामा टोस्टमास्टर्स समुदायको आत्मीयता, नेतृत्व मूल्य र सहकार्यको भावना झल्किएको थियो । खेल मैदानमा उत्साहपूर्ण वातावरणका साथ सदस्यहरु र समर्थकहरूले रोमाञ्चक खेलहरू अवलोकन गरेका थिए ।
बैशाख २७ गते सम्पन्न प्रतियोगितामा जवालाखेल ओरेटर्स टोस्टमास्टर्स क्लबको टिम रुस्लानले अन्तिम खेलमा उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भएको थियो । तयस्तै अग्नि टोस्टमास्टर्स क्लबको टिम अग्नि स्कर्पियनले सरह्नीय प्रदर्शन गर्दै उपविजेता बन्न सफल भयो।
दुबै टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने उत्कृष्ट व्यक्तिगत प्रदर्शनकर्ताहरूलाई लुगाज क्लोथिङ र ट्रिप हिमालयन टूर्स एन्ड ट्राभल्सद्वारा विशेष ट्रफी तथा उपहारसहित सम्मानित गएिको थियो । टिम रुस्लानका पृथम श्रेष्ठ “मोस्ट भ्यालुएबल पुरुष प्लेयर” घोषित भए भने, उनकी टिममेट श्रीमती ओजश्वी तिमिल्सिना “मोस्ट भ्यालुएबल महिला प्लेयर” बन्न सफल भइन्। त्यस्तै, दत्ता पनेरुलाई उत्कृष्ट गोलकिपिङ्ग प्रदर्शनका लागि “बेस्ट गोलकिपर” को उपाधि दिइयो। टिम काठमाडौं नाइट्सका नवदीप खत्रीले उत्कृष्ट आक्रामक प्रदर्शन गर्दै “सर्वाधिक गोलकर्ता” को उपाधि जिते।
पुरस्कार वितरण समारोहमा डीएभी कलेजका समन्वयक माधव अधिकारी, डिभिजन बी डाइरेक्टर निराजन श्रेष्ठ, तथा स्किल स्क्वायरका प्रबन्ध निर्देशक निराज प्रधानको बिशिष्ट अतिथिको रुपमा उपस्थिति रहेको थियो। उनीहरुले उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र, र उपहार प्रदान गरेका थिए । प्रतियोगिता केवल प्रतिस्पर्धात्मक कार्यक्रम मात्र नभएर मित्रता, टिमवर्क र नेपालमा बिस्तारै फस्टाइरहेको टोस्टमास्टर्स अभियानको उत्सवका रुपमा रहेको थियो ।