प्रदेश

सांसदका प्रश्नहरुप्रति गम्भीर हुन सरकारलाई सभामुखको रुलिङ, नागरिक उन्मुक्ति र जनमत पार्टीद्वारा बैठक अवरोध

सांसदका प्रश्नहरुप्रति गम्भीर हुन सरकारलाई सभामुखको रुलिङ, नागरिक उन्मुक्ति र जनमत पार्टीद्वारा बैठक अवरोध

काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरुले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा सांसदहरुले सरकार सांसदहरुका प्रश्नको जवाफबाट भागेको भन्दै रुलिङको माग गरेका थिए । बैठकमा शुन्य समय सकिसकेपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरुले सभामा उठेर बिरोध जनाएका थिए ।

बिरोधपछि सभामुख घिमिरेले सरकारको प्रतिनिधि नभइ संसद अघि बढ्न नसक्ने र सरकारलाई जवाफदेही हुन रुलिङ गरेको थिए । तर संसदमा नागरिक उन्मुक्ति र जनमत पार्टीका सांसदहरुल उठेर बिरोध जनाइरहेका छन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *