समाज

टोलटोलमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै तीनपाटन गाउँपालिका

टोलटोलमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउँदै तीनपाटन गाउँपालिका

सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिकाले टोलटोलमा पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ ।

घरदैलोमै स्वास्थ्य सेवा प्राप्त गर्न थालेपछि पालिकाबासी खुशी भएका छन् । निःशुल्क उपचार, नियमित स्वास्थ्य परामर्श, औषधि वितरणदेखि रोग परिक्षणसम्मको सुविधा आफ्नो घर–आँगनमै पाएपछि घटौँको बाटो हिँडेर स्वास्थ्य संस्था धाउनु पर्ने बाध्यता हटेको सेवाग्राही बताउँछन् । 

टोलटोलमा स्वास्थ्य सेवा कार्यक्रमले सबैभन्दा बढी ज्येष्ठ, असक्त, अपाङगता भएका र असहाय नागरिकलाई सहज बनाएको छ । यसले ग्रामिण स्वास्थ्य प्रवद्र्धनमा टेवा पुगेको स्वास्थ्यकर्मीको भनाइ छ । 

गाउँपालिका प्रमुख कर्णबहादुर थापामगर कोरिया घुमेर आएपछि आफ्नो पालिकामा थालेको कार्यक्रम प्रभावकारी देखिएको छ ।

दुरदराजका बस्तीमा बस्ने नागरिकका लागि ६२ स्थानबाट स्वास्थ्य सेवा पुग्दा रोग परीक्षण र समयमै उपचार हुने अवसर बढेको छ ।   
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *