मुख्य समाचार

एमालेसहितका तीन दलले कानुन पारित हुन नदिएको  मिटरब्याज पीडितको आरोप

एमालेसहितका तीन दलले कानुन पारित हुन नदिएको  मिटरब्याज पीडितको आरोप

मिटरब्याजविरुद्धको कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । आज  काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याजपीडितहरूले प्रदर्शन गरेका हुन् । कानुन निष्क्रिय भएसँगै मिटरब्याजपीडितहरूले कानुन पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन । 
मिटरब्याज पीडितले एमाले, राप्रपा र रास्वपा तीनवटा पार्टीहरू मिलेर मिटरब्याजविरुद्धको कानुन पारित हुन नदिएको आरोप लगाएका छन । 
पीडितले संसद्बाट मिटरब्याजविरुद्धको कानुन पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन ।  न्याय नपाएसम्म सडक आन्दोलन गर्ने उनीहरुको भनाइ छ । मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले २० वैशाखमा ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ । पीडितहरूले सरकारले माग सम्बोधन गर्न छानबिन आयोग बनाएर पनि कारबाही गर्न बनेको कानुन निष्क्रिय भएसँगै मिटरब्याजी आक्रोशित भएका हुन ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *