मुख्य समाचार

बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो बर्षको छठ सम्पन्न

बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर यो बर्षको छठ सम्पन्न

काठमाडौ । सूर्यको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यो बर्षको छठ सकिएको छ । उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न भएको हो । सोमबार अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि रातभर जागा बसी आज सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिएका हुन । अर्घ दिदा भक्तहरू लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्दछन । 


सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिने धार्मिक विधि छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवम् सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रूपमा मानी विशेष पूजा गर्ने गर्ने गरिएको हो । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व शनिवारदेखि शुरू भएको थियो । छठ पर्वका अवसरमा तराई मधेशसँगै काठमाण्डौ उपत्यका र अरू ठाउँका नदी, पोखरी तथा जलाशयका किनारमा सिंगारेर झकिझकाउ बनाइएको थियो । काठमाडौंको गुह्येश्वरी, गहनापोखरी, कमलपोखरीलगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमती लगायत नदी किनारमा भक्तजनले पूजाआजा गरेका थिए । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ ।छठको मुख्य दिन सोमबार देशभरी सार्वजनिक बिदा दिइएको थियो । मधेस प्रदेशमा भने आजपनि विदा दिइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *