काठमाडौं । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानिय वायुको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, आज राती कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।