समाज

यस्तो छ आज देशभरको मौसम

यस्तो छ आज देशभरको मौसम

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू-भागका केही स्थानहरूमा, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राती देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केही स्थानहरू र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *