समाज

प्रधानमन्त्री ओली काम चलाउ भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

प्रधानमन्त्री ओली काम चलाउ भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली काम चलाउ भएको दाबी गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएको छ ।

मुद्दा पहिलो नम्बरमा रहेको छ । सो मुद्दामा आज तेस्रो सुनुवाइ हुन लागेको हो । यसअघि सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश गर्दै लिखित जवाफ माग गरेको थियो । 

दोस्रो सुनुवाइमा न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासले तीन वटा फाइल मगाउँदै आजका लागि पेशी तोकेको थियो । इजलासले नागरिक उन्मुक्ति पार्टीले सरकारबाट समर्थन फिर्ता लिएको भनी संसद् सचिवालयमा पठाएको पत्र र पुनः समर्थन गरेको पत्र झिकाउन आदेश गरेको थियो ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी मन्त्री अरुणकुमार चौधरीले राजीनामा दिएको आधिकारिक पत्र झिकाउन अदालतले आदेश गरेको थियो । यसअघि न्यायाधीश पोखरेलको इजलासले चार प्रश्न उठाउँदै लिखित जवाफ मगाएको थियो । आज हुने सुनुवाइले विश्वासको मत लिन पर्ने वा नपर्ने र काम चलाउ भए नभएकोबारे निर्णय दिने छ । 

यसैबीच नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा दायर भएको अवहेलना सम्बन्धी मुद्दापनि न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

श्रेष्ठले अदालत, न्यायाधीश र समग्र न्याय प्रणालीमाथि आँच आउने गरी सार्वजनिक रूपमा टिप्पणी गरेको भन्दै भदौ १५ गते आयुष दाहालले अवहेलना मुद्दा दर्ता गराएका हुन् । श्रेष्ठमाथि अदालतको अवहेलनामा कारबाहीको माग रिटमा गरिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *