महोत्तरी । जलेश्वरस्थित कारागार कार्यालय महोत्तरीबाट फरार भएका कैदीबन्दीमध्ये ७७ जना फर्किएका छन् ।
जेनजीको आन्दोलनका क्रममा कारागारबाट भागेका ५ सय ७५ जनामध्ये स्वेच्छाले ६३ जना फर्किएका छन् भने १३ जनालाई सुरक्षा निकायले पक्राउ गरेको हो । एक जना कैदी भने कारागारबाट भागेका थिएनन् ।
फरार भएका १२ कैदीबन्दीलाई भारतीय प्रहरीले पक्राउ गरेर नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो ।
भारतीय प्रहरीले पक्राउ गरेका ९ जनालाई भिठ्ठामोड सीमाबाट र तीन जनालाई मनराशिसवा–१० स्थित बथनाहा चौकीमा बुझाएको थियो ।