काठमाडौं । सरकारले जेन–जीको प्रदर्शन, कर्फ्यु र निषेधाज्ञाले खाद्यवस्तु लगायतको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परे पनि अभाव नहुने जनाएको छ ।
अत्यावश्यक वस्तुका रूपमा रहेका यी वस्तुको ढुवानीमा समस्या देखिए पनि मौज्दात पर्याप्त रहेको सरकारले जनाएको हो ।
सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, खाद्य किराना व्यवसायी संघ र खुद्रा व्यापार संघका अनुसार चामल, दाल, तेल, आँटा, मैदा, गेडागुडी पर्याप्त रहेको बताइएको छ ।
खुद्रा व्यापारीले क्षमता अनुसार मौज्दात राखेकाले अभाव नहुने व्यवसायीहरुको भनाइ छ । खाद्य वस्तुमा कुनै समस्या नभएकाले मूल्य पनि नबढ्ने व्यवसायीले बताएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग पनि २८ हजार टन खाद्यान्न मौज्दात छ ।