समाज

द्वन्द्वपीडितको प्रतिनिधित्व गर्ने मुलुकमा कोही छैनः पूर्वअध्यक्ष भट्ट

द्वन्द्वपीडितको प्रतिनिधित्व गर्ने मुलुकमा कोही छैनः पूर्वअध्यक्ष भट्ट

काठमाडौं । सत्य निरूपण तथा मेलमिलाप आयोग, नेपालका पूर्वअध्यक्ष गणेशदत्त भट्टले द्वन्द्वपीडितको प्रतिनिधित्व गर्ने मुलुकमा कोही नभएको बताएका छन् । 

शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै भट्टले यस्तो बताएका हुन् । भट्टले आफू अढाइ वर्ष आयोगमा रहँदा उनीहरूको पीडा दुख्ने र देख्ने अवसर पाएको बताए । उनले आफूहरूले धारणामा कुरा गरिरहेको बताउँदै वास्तविकतामा द्वन्द्वपीडितहरू आजको दिनसम्म पनि धेरै पीडित रहेको उल्लेख गरे ।  

भट्टले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगलाई सरकारले गाइडेड आयोगको रूपमा डेभलप गर्न खोजिरहेको बताउँदै आफूले आफ्नो ठाउँमा उभिन आयोगका अध्यक्षहरूलाई आग्रह गरे ।  ऐनले नै दुईवटै आयोगहरूलाई उच्चस्तरीय र अधिकार सम्पन्न आयोग बनाएको बताउँदै सरकारको नीतिमा चले द्वन्द्वपीडितले न्याय पाउन नसक्न भट्टको जिकिर छ ।  

समितिमा शान्ति प्रक्रिया, सङ्क्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र आयोगहरूको भावी कार्ययोजनाबारे छलफल भएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *