वीरगञ्ज । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका वीरगञ्जका एक युवाको अन्त्येष्टि गरिएको छ ।
वीरगञ्ज महानगरपालिका–१२ का २२ वर्षीय असाहव आलम ठकुराईको आज अन्त्येष्टि गरिएको हो । ठकुराईको काठमाडौंमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।
गत मंगलबार बिहान करिब १० बजे मोबाइलमा अन्तिम पटक आमा नाजला खातुनसँग सम्पर्क गरेका आलम त्यसपछि सम्पर्कविहीन भएका थिए ।
त्यसपछि आफन्त र सामाजिक सञ्जाल मार्फत खोजी गर्दा उनी आन्दोलनमा गोली लागेर घाइते भएको र उपचारका क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको पुष्टि भएको थियो ।
उनी काठमाडौंमा पठाओ गरेर होटल म्यानेजमेन्ट पढ्दै थिए ।