समाज

सप सिकेर गाउँमै उद्यमी बन्दै ताप्लेजुङका महिला

सप सिकेर गाउँमै उद्यमी बन्दै ताप्लेजुङका महिला

ताप्लेजुङ । नेपालका धेरै गाउँघरमा रोजगार नपाएर युवाहरू विदेशिरहेका बेला ताप्लेजुङ फुरुम्बुकी महिलाहरू भने गाउँमै केही गर्न सकिन्छ भनेर आत्मविश्वासका साथ लागेका छन् । 

फुङ्लिङ नगरपालिका—१० फुरुम्बुमा केही समय अगाडि दुई महिने अल्लोबाट उत्पादित कपडा सिलाई बुनाई तालिम लिएका महिलाहरुले अहिले आफूले सिकेको सीपलाई सदुपयोग गर्दै गाउँमै विभिन्न किसिमका झोलाहरु उत्पादन गर्न थालेका छन् । बजारमा पाइने रेडिमेटभन्दा दरो र गुणस्तरीय हुने भएकाले उनीहरुले उत्पादन गरेका अहिले विक्री हुन थालेका छन् । 
 
सिकाईका क्रममा केही अप्ठ्यारा महसुस भएपनि अहिले उनीहरु सोही पेशालाई अँगाल्ने अठोट लिएर अघि बढेका छन् । स्थानीय सरकारले बजारीकरणका लागि बिशेष पहल गरेर सहयोग गरे यहिँ पेशाबाट अधिकांस महिलाहरुले गुजारा चलाउने सोच बनाएका छन् ।

आफ्नै ठाउँमा प्रशस्तै मात्रामा कच्चा पदाथ पाईने भएकाले वडा कार्यालयले विभिन्न सरोकारवालासँगको समन्वय गरेर तालिम प्रदान गरेको हो । प्रशिक्षार्थीले उत्पादन गरेका सामाग्रीको बजारीकरणका लागि वडा कार्यालयले पनि सामुदायिक विद्यालयमा झोला वितरणको कार्यक्रम आयोजना गरि खरिद गरेर विद्यार्थीलाई उपलब्ध गराउने योजना बनाएको छ । 

स्थानीय स्तरमै कच्चा पदार्थको उत्पादन गरी सामाग्री तयार पार्दा अधिकांस युवाहरुले रोजगार पाउनुका साथै आफ्नो क्षेत्रको पहिचान समेत स्थापित गर्न मद्धत पुर्‍याउने देखिन्छ । उत्पादित वस्तुको बजारीकरण तथा प्रयोगलाई प्रोत्साहन गर्न स्थानीय तहले महत्वपुर्ण भूमिका खेल्नुपर्ने देखिन्छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *