समाज

दशैं नजिकिएसँगै घर जानेहरुको चहलपहल बढ्यो

दशैं नजिकिएसँगै घर जानेहरुको चहलपहल बढ्यो

काठमाडौं । राजधानीबाट गाउँघरमा दशैं मनाउन जानेहरूको चहलपहल शुरु भएको छ । 

नयाँ बसपार्क लगायतका बस छुट्ने स्थानहरूमा घर जानेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । काम र पढाइको सिलसिलामा राजधानीमा रहेकाहरू दशैं मनाउनको लागि घर फर्किन थालेका हुन् । 

यातायात व्यवसायीहरूले दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् । टिकट बुकिङ खुला नभएका कारण मानिसहरू यसपटक घटस्थापना अगाडिदेखि नै घर जान थालेका हुन् । 

जेनजी आन्दोलनका कारण देशमा उत्पन्न भएको राजनीतिक परिस्थितिले अधिकांश विद्यालय, क्याम्पसहरू बिदा भइसकेका छन् ।

विद्यालय, क्याम्पस बिदा भएसँगै घर फर्किन जानेहरूको बसपार्कमा चहलपहल बढेको हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *