समाज

राजसंस्था फर्काउने सिंगो देशको आवाज हो : राजेन्द्र लिङ्देन

राजसंस्था फर्काउने सिंगो देशको आवाज हो : राजेन्द्र लिङ्देन

काठमाडौं । राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ देखि आन्दोलनको घोषणा गरेसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त्यसलाई सिंगो देशको आन्दोलनको रूपमा प्रस्तुत गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा लिङ्देनले भने, “यो कुनै दल वा समूहको आन्दोलन होइन, यो देशको भविष्य बनाउने अभियान हो।” उनले राजावादीहरूबीच एकता आवश्यक भएको बताउँदै आन्दोलन टुंगोमा नपुगी आफूहरू पछि नहट्ने चेतावनी दिए ।

गणतन्त्र पक्षधरहरूलाई समेत समेट्ने ढंगले अपिल गर्दै उनले भने, “०६२÷०६३ को परिवर्तनलाई स्वीकार गर्नेहरूसमेत यो ध्रुवीकरणमा सहभागी होऊन्।” अहिलेको कठित गणतन्त्रको विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *