समाज

पीडित सहकारी वचत कर्तालाई रकम फिर्ता गर्न चक्रिय कोष स्थापना गर्ने

पीडित सहकारी वचत कर्तालाई रकम फिर्ता गर्न चक्रिय कोष स्थापना गर्ने

काठमाडौं । सरकारले भूमि सम्बन्धी कानूनमा संशोधन गरी भूमिहिन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या स्थायी रुपमा समाधान गर्ने भएको छ ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्  ।उनका अनुसार आागमी आर्थिक वर्षभित्र लागत संकलन र प्रमाणीकरण गरी ५ लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उलब्ध गराइनेछ । यसका लागि श्रोत, साधन र जनशक्तिको अभाव हुन नदिने प्रतिवद्धता पनि मन्त्री पौडेलले जनाए  । सरकारी तथा सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक गरिने पौडेलले बताए  । 

सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम विक्री गरी प्राप्त हुने रकम वचत कर्तालाई फिर्ता गर्न चक्रिय कोष स्थापनाका लागि बीउ पुँजीको व्यवस्था गरिएको पौडेलले बताए । सहकारी ऋण असुली न्यायाधिकरण स्थापना गरिने पनि मन्त्री पौडेलले बताए । समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलन कर्ताहरुको सम्पत्ति एवं राहदानी रोक्का राख्ने पौडेलले बताए  । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *