समाज

सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको उच्च बिन्दुमा हो ।

आइतबार प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ७ सय रुपैयाँले बढे २ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला २६२० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर २६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

चाँदीको यो मूल्य हालसम्मकै उच्च हो । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *