समाज

घट्यो अलैँचीको मूल्य

घट्यो अलैँचीको मूल्य

काठमाडौं । अलैँचीको बजार मूल्यमा गिरावट आएको छ । 

नेपाल अलैँची व्यवसायी महासङ्घले प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार ८१ हजारदेखि ९२ हजारसम्ममा बिक्री भइरहेको छ । 

सबैभन्दा राम्रो गुणस्तरको अलैँचीलाई ‘बोल्ड’ भनिन्छ । उनका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन ८१ हजार रहेको छ ।

मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिए । भदौ पहिलो साता अलैँचीको बजार मूल्य अकासिएको थियो । त्यसबेला प्रतिमन ९४ हजारसम्ममा अलैँची खरिद–बिक्री भएको थियो ।

नेपालको ४२ जिल्लामा अलैँची खेती हुने गरेको छ । कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा अलैँची अत्यधिक खेती हुँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *