काठमाडौं । सर्वोच्च अदालतले ५० दिनदेखि प्रहरी हिरासतमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको छ ।
बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
सर्वोच्चको आदेशसँगै उनलाई कानुन व्यवसायीको रोहबरमा थुनामुक्त गरिएको छ । गत १५ चैतमा राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले हिंसा भड्काउन संलग्न रहेको भन्दै मिश्रलाई सोही दिन बेलुका पक्राउ गरेको थियो ।
उनलाई प्रहरीले आठ पटकसम्म म्याद थप गरेर हिरासतमा राखेको थियो । मिश्रकी श्रीमतिले उनलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिईन् ।