Siddarth bankविज्ञापन
मुख्य समाचार

सर्वोच्चले भदौ २९ देखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ गर्ने

सर्वोच्चले भदौ २९ देखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ गर्ने

काठमाडौ । सर्वोच्च अदालतले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण निवेदनमा नियमित सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले बन्दीको निवेदनमाथि सुनुवाइ गर्ने निर्णय गरेको हो ।

प्रदर्शनकारीको आगजनीका कारण भदौ २४ गतेदेखि सर्वोच्च अदालतसहित देशभर सुनुवाइ ठप्प भएको थियो ।

सर्वोच्चमा भएको आगजनीबाट न्यायिक इतिहासका महत्त्वपूर्ण दस्ताबेजहरू नष्ट भएको भए पनि संविधानले दिएको जिम्मेवारी पूरा गर्न अदालत प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *