मुख्य समाचार

योगको सम्बन्ध इजरायल र इरानबीच चलिरहेको द्वन्द्व अन्त्य होस् भन्नेकुरासँग सम्बन्धित छ : प्रधानमन्त्री

योगको सम्बन्ध इजरायल र इरानबीच चलिरहेको द्वन्द्व अन्त्य होस् भन्नेकुरासँग सम्बन्धित छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले योगको सम्बन्ध इजरायल र इरानबीच अहिले चलिरहेको द्वन्द्व अन्त्य होस् भन्नेकुरासँग सम्बन्धित रहेको बताएका छन् । 

शनिबार ललितपुरमा ११ औं विश्व योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । दुनियाँमा फेरि शान्ति स्थापना होस्, फेरि युद्ध नभड्कियोस् भन्ने कामनासँग योगको सम्बन्ध रहेको बताए । 

प्रधानमन्त्री ओलीले योगको सम्बन्ध परलोकसँग नभइ यही लोकसँग सम्बन्धित रहेको जिकिर गरे । उनले यदी यम नियम मानिँदैन भने जति आसन र प्राणयाम गरे पनि समाजका लागि फाइदा नहुने बताए ।

उनले कर्मयोग र कर्मठ योगबिना समाजलाई फाइदा हुन नसक्ने बताए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *