मुख्य समाचार

सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुको कडा सुरक्षा सतर्कता

सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुको कडा सुरक्षा सतर्कता

काठमाडौ । महोतरीसँग जोडिएका सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षाकर्मीहरुले सुरक्षा सतर्कता कडा पारेको छ ।  विभिन्न जिल्लाका कारागारबाट कैदीबन्दी भागेपछि भारतीय सुरक्षाकर्मीहरूले चेकजाँचमा कडाइ गरेका हुन । महोत्तरी जिल्लाको मुख्य नाका मलिवारा सहितका सीमावर्ती प्रवेश नाकामा भारतीय सीमा सुरक्षा बल एसएसबीले कडाइपूर्वक चेकजाँच गरिरहेको छ । भारतको मधवापुर सुरसण्ड र भिठामोड बजार हुँदै नेपाल छिरेका सर्वसाधारणको सीमामा चेकजाँच निकै कडा पारिएको र नेपालीहरूलाई भारत प्रवेशमा कडाइ गरेको छ ।भारतमा लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर जिल्लाका विभिन्न नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा उच्च सतर्कता अपनाइएको छ । भारतीय सीमावर्ती बजारबाट नेपालीहरुले दैनिक उपभोग्यका वस्तुहरु ल्याउने गरेका छन । सर्वसाधारणले ल्याउने मालसामानको मात्र जाँच नभइ मानिसहरुको समेत कडाइका साथ जाच गर्न थालिएको छ । भारतीय सीमामा जाने नेपालीहरुलाई अनिवार्य रुपमा परिचयपत्र र भारतीय नागरिकको आधार कार्ड देखाउन भनिएको छ । पहिचान प्रष्ट नहुनेलाई नेपाली भूभागबाट भारतमा र भारतबाट नेपालमा आउजाउ गर्न रोक लगाइएको छ। 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *