अर्थतन्त्र

आफूहरु एमाले प्रवेश गर्ने रामकुमारी झाँक्री र किसान श्रेष्ठको भनाइ

आफूहरु एमाले प्रवेश गर्ने रामकुमारी झाँक्री र किसान श्रेष्ठको भनाइ

काठमाडौ । नेकपा माओवादी केन्द्रसँग एकता प्रक्रियामा नगएका नेकपा एकीकृत समाजवादीका नेता किसान श्रेष्ठ  र रामकुमारी झाँक्रीले निशर्त एमालेमा फर्किने घोषणा गरेका छन । आज पत्रकार सम्मेलन गरी उनीहरुले एकीकृत समाजवादीसँगको यात्रा टुंगिएको भन्दै निःशर्त एमालेमा फर्किने घोषणा गरेका हुन् । पत्रकार सम्मेलनमा दुबै नेताले कसैसँग एकता नगर्ने, मूल घर पसिना बगाएर बनाएको घर एमालेमा फर्किने अभियान चलाउने बताएका हुन् । 
उनीहरुले आफूहरुलाई कुनै पद नचाहिएको पनि बताएका छन् । आफूहरु निशर्तरुपमा मूलघर फर्किन लागेको उनीहरुको भनाइ छ । एकीकृत समाजवादीसँगै अघि बढ्ने बाटो अवरुद्ध भएपछि उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने अभियानमा लागेको उनीहरुको भनाइ छ । नेताद्वयले समाजवादी पार्टीसँगको यात्रा र अध्याय सकिएको र अहिले आफूहरू पजको अवस्थामा रहेको पनि उल्लेख गरे ।।