समाज

न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन सक्दैनः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्यायबाट च्युत भएको राज्यले आफ्नो निरन्तरता कबुल गरिरहन नसक्ने बताएका छन् । 

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।पूर्वप्रधानन्यायाधीश श्रेष्ठले न्याय बलियालाई नभइ असहायलाई चाहिने उल्लेख गरे । राज्यले दिन्छु भनेको सुरक्षा, संरक्षण असहायलाई चाहिने भन्दै  राज्यले न्याय दिन सक्दैन भने जनतालाई राज्यको आवश्यकता नपर्ने उल्लेख गरे ।

राज्यको फाउण्डेशनको आधार नै न्याय भएको भन्दे श्रेष्ठले न्यायको पाना च्यातिन नहुनेतर्फ सचेत गराए ।
पूर्वप्रधानन्यायाधीश श्रेष्ठले न्याय पाइन्छ भन्ने विश्वास रहेसम्म मात्रै न्यायपालिका बाच्ने बताए ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *