समाज

जंगलमा फलेको काफल पाल्पाका स्थानीयको आम्दानीको श्रोत

जंगलमा फलेको काफल पाल्पाका स्थानीयको आम्दानीको श्रोत

पाल्पा । पाल्पामा जंगलमा फलेको काफल स्थानीयको आम्दानीको श्रोत बन्न थालेको छ । 

पहाडी भूगोलको पाखा पखेरा र बारीका  कान्लामा आफै उम्रने प्रकृतिक फल काफल केही वर्ष अघिसम्म बेच्न सजिलो थिएन । काफलसँग अन्न, गहुँ, मकै, चामलसित बराबरीमा साट्नुपर्ने बाध्यता थियो तर, अहिले यातायातको पहुँचले काफले राम्रो मूल्य पाउन थालेको छ । 

माथागढी गाउँपालिकाका स्थानीयले एक महिना सम्म काफल बिक्री गरेर वर्ष दिन सम्म पुग्ने गरि परिवारका लागि अन्नको जोहो गर्ने गरेका छन । यहाँका अधिकांश परिवारका लागि आर्थिक गर्जे टार्ने मुख्य माध्यम बनेको छ काफल बन्दै गएको छ । 

चैतको पहिलो हप्तादेखि जेठ मध्यसम्म स्थानीयले काफल बेचेर दैनिक दुई हजारसम्म कमाउने गरेका छन । गाउँ बस्तीलाई सडक सञ्जालले जोडेपछि पाल्पाको माथागढीबासीको मात्र नभई  जिल्लाको रिब्दीकोट, रैनादेवी छहरा, तानसेन नगरपालिकाका भित्रका गाउँ गाउँका हजारौं घरपरिवारका लागि आम्दानीको बलियो माध्यम काफल बनेको छ ।

गाउँका स्थानीय व्यापारीले नै संकलन गरी बुटवल, तानसेन जस्ता ठूला बजारमा मात्र नभई मुर्गिया, सुनवल बर्दघाटका बजारसम्म दैनिक जसो जान थालेपछि यसको महत्व बढ्दै गएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *