समाज

शिवम् सिमेन्टको ब्रान्ड क्याम्पेन नो कम्प्रमाइजको दोस्रो संस्करण सार्वजनिक

शिवम् सिमेन्टको ब्रान्ड क्याम्पेन नो कम्प्रमाइजको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं । शिवम् सिमेन्टले आफ्नो ब्रान्ड क्याम्पेन नो कम्प्रमाइजको दोस्रो संस्करण सार्वजनिक गरेको छ ।

‘नो कम्प्रमाइजको वाचा गर्न सजिलो हुँदैन, तर जसले गर्छ उसको शिर सधैँ ठाडो हुन्छ,’ भन्ने जनचेतनामूलक सन्देशसहित आएको यो नयाँ सिरिजले गुणस्तरमा कुनै पनि किसिमको सम्झौता नगर्ने शिवम् सिमेन्टको प्रतिबद्धतालाई अझ मजबुत रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ । 

कम्पनीले स्थापनाकालदेखि नै उत्पादन गर्दै आएको ओपिसी सिमेन्टको गुणस्तर  सम्झौता नगर्ने नीति अवलम्बन गर्दै आएको छ । गुणस्तरको कारणले नै शिवम् सिमेन्टले एनएस क्वालिटी अवार्ड २०१९ प्रथम पुरस्कारबाट सम्मानितसमेत भएको कम्पनीको भनाई छ  ।

हाल सार्वजनिक गरेको पहिलो विज्ञापन भिडियोमा एक राष्ट्रसेवक ट्राफिक प्रहरीले आफ्नो कर्तव्यमा कम्प्रमाइज नगरेको स्थितिलाई चित्रण गर्दै शिवम् सिमेन्टले पनि गुणस्तरमा कहिल्यै कम्प्रमाइज नगर्ने नीतिलाई प्रतिबिम्बित गरिएको छ । 

शिवम् सिमेन्टकाअनुसार यस क्याम्पेनअन्तर्गत विभिन्न सामाजिक सन्दर्भ र परिस्थितिमा आधारित अरू धेरै भिडियो सामग्रीसमेत तयार भइसकेका छन्, जुन क्रमशः सार्वजनिक गरिँदै जानेछन् । सअघि सञ्चालन गरिएको क्वालिटीको मामलामा नो कम्प्रमाइज क्याम्पेन अत्यन्तै लोकप्रिय भएको थियो ।

शिवम् सिमेन्टले केवल उत्पादनको प्रचारमा मात्र केन्द्रित नभई सामाजिक सन्देश प्रस्तुत गर्ने शैली अपनाउँदै आएको छ । आफ्नो अधिकार, कर्तव्य, अस्तित्व, लक्ष्य तथा सिद्धान्तको मामलामा सम्झौता गर्नु हुँदैन भन्ने जनचेतनामूलक सन्देश सहित सार्वजनिक गरिएका  विज्ञापन दर्शकमाझ प्रभावशाली बनेका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *