समाज

कक्षा १२ को नतिजा सार्वजनिक, पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने

कक्षा १२ को नतिजा सार्वजनिक, पूरक परीक्षा आगामी भदौ २८ र २९ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । 

बोर्डले सोमबार साँझ कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । 

त्यस्तै, ३८ दशमलव ८३ विद्यार्थी ननग्रेड भएको बोर्डले जनाएको छ । यस वर्ष गत वर्षको तुलनामा ९ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् । परिक्षामा अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विद्यार्थी ननग्रेड भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये १७ जनाको परिक्षा रद्द गरिएको बोर्डले जनाएको छ । 

ननग्रेड भएका विद्यार्थीका लागि ग्रेड वृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने शर्माले बताए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *