समाज

जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकता घोषणा हुँदै

जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकता घोषणा हुँदै

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकता घोषणा हुने भएको छ । 

महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी सङ्घीय लोकतान्त्रिक मोर्चामा पनि आबद्ध भए पनि सरकारमा रहेको जनता समाजवादी पार्टीसँग कार्यगत एकता गर्न लागेको हो । कार्यगत एकताको सम्पूर्ण तयारी पूरा भइसकेको छ 

पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बीचमा कार्यगत एकता हुन लागेको नेताहरुले बताएका छन् ।

जनता समाजवादी पार्टी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको पार्टी हो भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट अलग भएर महतोले मुक्ति पार्टी गठन गरेका हुन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *