मुख्य समाचार

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री

भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री

काठमाडौं । गृह मन्त्री रमेश लेखकले भिजिट भिसामा देखिएका सम्पूर्ण समस्याहरूको अध्ययन, विश्लेषण र छानबिन गरेर समाधान गरेर अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने गरी छानबिन समिति गठन गरिएको बताएका छन् । 

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद् बैठकले भिभिट भिसा प्रकरणको छानबिनका लागि गठन भएको शंकरदास बैरागी संयोजकत्वको समितिबारे जानकारी दिँदै यस्तो बताएका हुन् । 

उनले समिति गठनले सदनभित्र उठेका सबै भावनाहरू समेटिएको पनि बताए । लेखकले समितिले पेश गर्ने सुझाव प्रतिवेदनअनुसार सरकार अगाडि बढ्ने पनि प्रतिबद्धता जनाए । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *