मुख्य समाचार

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला

स्मार्ट लाइसेन्सको समस्या चाँडै समाधान हुन्छः मन्त्री ज्वाला

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी साधन अनुमति पत्रको स्मार्ट लाइसेन्स समस्या चाँडै समाधान गर्ने बताएका छन् । आज काठमाडौंमा सार्वजनिक सवारीसाधनमा ड्रेस तथा परिचयपत्र वितरण र सरसफाई अभियानको उद्घाटन गर्दै उनले लाइसेन्स स्मार्टकार्डको समस्या चाँडै समाधान गर्ने र मार्ट लाइसेन्स कार्ड प्राप्त नहुँदासम्म अस्थायी कार्ड लागू गर्ने गरि सरकारले तयारी गरिरहेको जानकारी दिएका हुन । मन्त्री ज्वालाले यातायात क्षेत्रलाई व्यवस्थित, भरपर्दो र यात्रुमैत्री बनाउन एघार बुँदे घोषणा पत्र जारी गरिसकेको समेत बताए । 
मन्त्री ज्वालाले  इम्बोस्ड नम्बर प्लेट जडान गर्नेकुरामा पनि बेवास्ता गर्नु नहुने बताए । यातायात व्यवस्था कार्यालय, विभागमा झन्झट व्यहोर्नु नपर्ने, दुःख पाउनु नपर्ने कुरामा सरकारले पहल गरिरहेको उनको भनाइ छ । मन्त्री ज्वालाले चालक, सहचालकहरुको बोलीका कारण पनि कतिपय यात्रुहरुले झमेला व्यहोर्नुपरेको भन्दै यसमा यातायात व्यवस्था विभाग, महासंघले प्रशिक्षणका कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *