काठमाडौं । प्रतिनिधिसभामा आज तय भएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित भएको छ ।
प्रधानमन्त्री के.पी. शर्मा ओली स्वास्थ्यका कारण प्रश्नोत्तर कार्यक्रमका लागि संसद् बैठकमा आउन नसक्ने भएका कारण प्रश्नोत्तर कार्यक्रम स्थगित भएको हो ।
यसअघि आजको बैठकमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम सांसदहरूले सोध्ने प्रश्नको जवाफ दिने कार्यसूची तय भएको थियो ।