समाज

प्रधानमन्त्री कार्कीले अस्पताल पुगेर लिइन् घाइतेको स्वास्थ्यबारे जानकारी

प्रधानमन्त्री कार्कीले अस्पताल पुगेर लिइन् घाइतेको स्वास्थ्यबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनमा घाइते भएका युवाहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छन् । 

शनिबार काठमाडौंको सिभिल अस्पताल र ट्रमा सेन्टर पुगेर प्रधानमन्त्री कार्कीले उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् । उनले सो क्रममा घाइतको उपचारमा कुनै पनि कमि हुन नदिन आग्रह समेत गरेकी छिन् । 

जेनजीको आन्दोलनका क्रममा देशभर मृत्यु हुनेको संख्या ५१ पुगेका छ भने  १७ सय भन्दा बढि घाइते भएका थिए । अहिले पनि २५० जना भन्दा बढि घाइतेको बिभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यसैबीच, प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि स्थलगत अनुगमन गरेकी छिन् । सो क्रममा उनले प्रहरी चौकीमा भएको क्षतिबारे जानकारी लिएकी छिन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *