मुख्य समाचार

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन

प्रधानमन्त्री दाहालकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन

प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी अर्थात पीएसपीबाट पीडित दाहाल लामो समयदेखि थला परेकी थिइन । स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई आज विहान नर्भिक अस्पताल लगिएको थियो । दाहाललाई बुधबार बिहान आठ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको आठ बजेर तेतिस मिनेट जाँदा निधन भएको नर्भिक अस्पतालले जानकारी दिएको छ । दाहालको अमेरिका, भारत र सिंगापुरमा उपचार गर्दा पनि उनको रोग निको हुन सकेको थिएन । दाहाल नेकपा माओवादी केन्द्रकी सल्लाहकार समेत थिइन । प्रधानमन्त्री दाहालको सचिवालयका अनुसार श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान एघार बजेदेखि दिउँसो एक बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिनेछ । अन्तिम संस्कार भने दिउँसो दुई बजे पशुपति आर्यघाटमा गरिने बताइएको छ । दाहालको निधनप्रति प्रमुख दलका नेता तथा सर्वसाधारणले दुःख प्रकट गर्दै श्रद्धाञ्जली प्रकट गरेका छन ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *