समाज

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आजपनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज ९ सय रुपैयाँले घटेर २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेकोे छ । बुधबार प्रतितोला २५५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर २५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *