समाज

सुनको मूल्य हालसम्मकै उच्च, नाघ्यो २ लाख

सुनको मूल्य हालसम्मकै उच्च, नाघ्यो २ लाख

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य हालसम्मकै उच्च भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भएको  छापावाला सुन, आज १२०० रुपैयाँले बढेर २ लाख ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २३६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *