समाज

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । 

बिहीबार  प्रतितोला १ लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोकार भइरहेको छ । 

यस्तै, आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला २३ सय २५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *