काठमाडौं । नेपाली बजारमा बुधबार (आज) सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले र चाँदीको मूल्य २० रुपैयाँले घटेको हो ।
मंगलबार प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन, आज १५०० रुपैयाँले घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य आज २० रुपैयाँले घटेर प्रतितोला २१४० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।