काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा आज छापावाल सुन तोलामा ६०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ५ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोलामा २ लाख ५ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य पनि वृद्धि भएको छ । सोमबार तोलामा २ हजार ४७० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार १५ रुपैयाँ बढेर २ हजार ४८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।