काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले विद्युत विधेयक एक महिनाभित्र संसदबाट पारित हुने बताएका छन् ।
स्वतन्त्र उर्जा, उत्पादकहरुको संस्था (इप्पान) ले काठमाडौंमा गरेको ‘इप्पान डेभलपर्स मिट–२०२५’ मा बोल्दै खड्काले बजेटको चपेटामा पनि मन्त्रालयले एक मिहनाभित्रै विद्युत विधेयक संसदबाट पारित गराउने गरी काम गरिरहेको बताएका हन् ।
खड्काले विद्युत विधेयक विगतमा पनि पटक–पटक प्रस्तुत हुँदै फिर्ता हुँदै आउने गरेको र अहिले मन्त्रालयले जलश्रोत विधेयक सक्ने बित्तिकै रातदिन काम गरिरहेको उल्लेख गरे ।
मन्त्री खड्काले लगानी डुब्दा डेभलपरहरुको मात्रै डुब्छ भन्ने नसोच्न आग्रह गर्दै जनताको पनि लगानी डुब्ने र त्यसको जिम्मेवारी सरकारले लिने बताए । मन्त्री खड्काले लक्ष्य विचलित सरकार नरहेको भन्दै सरकारको मुख्य आयश्रोत अहिले विद्युत नै रहेको जिकिर गरे ।