मुख्य समाचार

जेनजी प्रदर्शनमा ज्यान गुमाएका ३० वटा शवको पोस्टमार्टम सकियो, २७ वटा शव परिवारले बुझे

जेनजी प्रदर्शनमा ज्यान गुमाएका ३० वटा शवको पोस्टमार्टम सकियो, २७ वटा शव परिवारले बुझे

काठमाडौ । जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका ३० वटा शवको पोस्टमार्टम गरिएको छ । तीमध्ये २७ वटा शव परिवारले बुझेका छन् । भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा मृत्यु भएका ४६ जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागमा छ । विभागका अनुसार अब १६ वटा शवको पोस्टमार्टम गर्न बाँकी छ । पोस्टमार्टम गर्न बाँकीमध्ये ७ वटा शव पूर्ण रूपमा जलेकाले डीएनए परीक्षणबाट पहिचान गरिने विभागले जनाएको छ । आफन्तले दिएको विवरण र क्लिनिकल तथ्यको आधारमा एक अर्काको विवरण हेरेर पहिचान गरिने जनाइएको छ । प्रहरीको तथ्यांकअनुसार प्रदर्शनका क्रममा देशभर ७२ जनाको मृत्यु भइसकेको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *