समाज

कागतीको जरा सड्ने रोगले किसान चिन्तित

कागतीको जरा सड्ने रोगले किसान चिन्तित

चितवनमा । चितवनका किसानले लगाएको कागतीको बोटमा जरा सड्ने र क्यान्कर रोगको समस्या देखिएको छ । 

रोगले पात, डाँठ, फलसम्म असर पार्दै आउँदा उत्पादन र बजार मूल्यमा नकारात्मक प्रभाव परेको किसानको भनाइ छ । रोग नियन्त्रण र उत्पादन सुधार चुनौतीको रुपमा देखिएपछि किसान चिन्तित छन् । 

कागती खेतीको मुख्य समस्या जरा र पातसँग सम्बन्धित रोग किसानको समस्याको रुपमा देखिएको हो । जिल्लाका अधिकांश क्षेत्रमा क्यान्कर रोग फैलिएका कृषि प्राविधिकको भनाइ छ । 

क्यान्कर रोग ‘ज्यान्थोमोनास सिट्री’ नामक जीवाणुका कारण लाग्ने भएकोले विषादीको प्रयोग आवश्यक रहेको र रोग बोक्ने किरालाई पनि नियन्त्रण गर्नुपर्ने प्राविधिकको भनाइ छ ।

चितवनमा करिब २० बिघा क्षेत्रफलमा कागती खेती भइरहेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *