Siddarth bankविज्ञापन
समाज

संविधान दिवसको अवसरमा देशव्यापी कार्यक्रम गर्दै दलहरू

संविधान दिवसको अवसरमा देशव्यापी कार्यक्रम गर्दै दलहरू

काठमाडौं । संविधान दिवस पारेर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी संविधानको पक्षमा राजनीतिक गतिविधि अघि बढाउने भएका छन । 

उनीहरुले आज संघदेखि स्थानीय तहसम्म असोज ३ गते संविधान दिवस कार्यक्रम आयोजना गरेका हुन् । उनीहरूले प्रतिनिधिसभा विघटन भएपछि संविधान कमजोर बनाउने प्रयास हुन सक्ने भन्दै संविधानको पक्षमा उभिने निर्णय गरेका हुन् ।  

जेन–जी आन्दोलनको मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरेपछि दलहरू संविधान बचाएर मात्र अघि जान सकिने निष्कर्षमा पुगेका छन् । कांग्रेसले देशव्यापी रूपमा शान्त तरिकाले संविधान दिवस मनाउने र संविधान दिवसका अवसरमा छलफल, बहस गर्न गर्ने जनाएको छ । 

एमालेले पनि तल्ला कमिटीहरूमा आन्तरिक सर्कुलर पठाउँदै संविधाधन दिवस मनाउन निर्देशन दिएको छ । एमालेले काठमाडौंमा आगजनीबाट ध्वस्त भएको केन्द्रीय कार्यालय परिसरमा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको उपस्थितीमा संविधान दिवस मनाउने तयारी गरेको छ । 

त्यस्तै, माओवादीले जेन–जी आन्दोलनमा मारिएका व्यक्तिको स्मरण गर्दै देशव्यापी रूपमा संविधान दिवस मनाउन निर्देशन दिएको छ । हरेक पालिकासम्म जेन–जी आन्दोलनमा मृत्यु हुनेको सम्झना र सम्मानमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउने माओवादीले जनाएको छ । 

एकीकृत समाजवादीले पनि देशव्यापी रूपमा संविधान दिवस मनाउन निर्देशन दिएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *