Siddarth bankविज्ञापन
मुख्य समाचार

कोशीमा नयाँ सरकार गठनका लागि दलहरु सक्रिय

उद्धव थापा नेतृत्वको कोशी प्रदेश सरकार गठन प्रक्रियालाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेपछि नयाँ सरकार बनाउन दलहरु सक्रिय भएका छन् । सर्वोच्च अदालतले कांग्रेसका नेता उद्धव थापा नेतृत्वको सरकारलाई असंवैधानिक ठहर गरेपछि कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धनमा रहेका दलले पुनः बहुमत जुटाएर नयाँ सरकार गठनको प्रयास गर्ने बताएका छन् । उता प्रमुख विपक्षी नेकपा एमाले पनि आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएको छ । सर्वोच्च अदालतले दिएको समयसीमा भित्रै बहुमत जुटाएर दाबी पेस गर्ने तयारी एमालेको छ । प्रदेशको ठूलो दलको हैसियतले आफूहरुको दाबी स्वभाविक भएको एमाले नेता बताउँछन् । सर्वोच्चले आगामी १७ गतेसम्म दुई वा दुईभन्दा बढी दल सहभागी भएको सरकार बन्नका लागि आह्वान गर्नका लागि प्रदेश प्रमुखलाई निर्देशन गरेको छ । यसैविच कोसी प्रदेशको कामचलाउ मुख्यमन्त्रीका रूपमा नेकपा एमाले प्रदेश संसदीय दलका नेता नेता हिक्मतकुमार कार्कीको पुर्नवहाली हुने भएको छ । कार्कीले आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर कार्यभार सम्हाल्ने तयारी गरेका छन् । उनी साउन १७ गतेसम्म प्रदेशको कामचलाउ मुख्यमन्त्री रहने छन् । ९३ जना प्रदेशसभा सदस्य रहेको कोशी प्रदेशमा सरकार गठनका लागि ४७ जनाको समर्थन चाहिन्छ । कुनै पनि दलको एकल बहुमत नभएकाले बहुमत जुटाउन दुई वा दुईभन्दा बढी दलको समर्थन आवश्यक पर्छ । कोशीमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राप्रपाका ६, समाजवादीका ४ र जसपाका १ सदस्य छन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *