समाज

नयाँ संसद भवन निर्माणको कामप्रति संसदीय समिति असन्तुष्ट

नयाँ संसद भवन निर्माणको कामप्रति संसदीय समिति असन्तुष्ट

काठमाडौं । संसदीय समितिले निर्माणाधीन नयाँ संसद भवनको निर्माण कार्यप्रति असन्तुष्टि जनाएको छ ।

आज संघीय संसद अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले निर्माणाधीन नयाँ संसद भवनको आकस्मीक अनुगमन गर्दै निर्माणको कार्य निकै सुस्त भएको भन्दै असन्तुष्ट जनाएको हो । 

अनुगमनका क्रममा सरकारले उपलव्ध गराएको क्यालेन्डर अनुसार काम नभएको पाइएको समिति सभापति ठाकुर प्रसाद गैरेले जानकारी दिए । अहिलेको अवस्था हेर्दा पछिल्लो पटक म्याद थप भएको पुस १६ गतेभित्र पनि निर्माण सम्पन्न हुने संकेत नदेखिएको समितिले जनाएको छ । 

सरकारको तर्फबाट प्रदान गरिएको रिपोर्ट अनुरुपको काम नभएको पनि समितिको निस्कर्ष रहेको छ । यस विषयमा छिटै समितिको बैठक बस्ने र तोकिएको क्यालेन्डर अनुसार काम नभएको प्रति छलफल गरेर आवश्यक निर्देशन दिने तयारी समितिले गरेको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *