समाज

टोखामा सञ्चालन हाट बजारले कृषि उत्पादन बिक्रीमा सहयोग

टोखामा सञ्चालन हाट बजारले कृषि उत्पादन बिक्रीमा सहयोग

काठमाडौं । किसानले उत्पादन गरेको कृषि उत्पादन बिक्रीका लागि टोखामा सञ्चालन हुने हाट बजारले सहयोग गर्न थालेको छ । 

टोखा नगरपालिका ६ को मिलन बजारमा ग्रान्डी  फार्मस किसान बजार  सञ्चालन भएपनि उपभोक्ता र बिक्रेता किसान दुबै लाभान्वित भएका हुन ।

गत साउन ३१ गतेबाट सञ्चालित बजारमा किसानले उत्पादन गरेको कृषि उत्पादन सिधै उपभोक्तालाई बिक्री गर्ने मौका पाएका छन् । 

बजार हाल शनिबार र बुधबार सञ्चालन हुँदै आएको छ । बजारमा नेपालका विभिन्न जिल्लाबाट आफ्नो कृषि उत्पादन ल्याएर किसानले  बिक्री गर्दै आएका छन । 

हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न गेडागुडी, जडीबुट्टी, मौसमी फलफूल र तरकारी पाइन्छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *