समाज

सभापति देउवाले नेतृत्व छाडनुपर्ने महामन्त्री थापाको प्रस्तावमा प्रवक्ता महतको आपत्ति

सभापति देउवाले नेतृत्व छाडनुपर्ने महामन्त्री थापाको प्रस्तावमा प्रवक्ता महतको आपत्ति

काठमाडौं । नेपाली कंग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले नेतृत्व छोड्नुपर्ने बहस चलाइएको भन्दै आपत्ति जनाएका छन् । 

आज महाराजगञ्जमा आयोजित पत्रकार सम्मेलनमा परिस्थिति परिवर्तन भएसँगै उपचार समेत पूरा हुन्जेलसम्म कुर्न नसक्ने गरी बहस गर्नु उचित नभएको बताएका हुन् । 

उनले पार्टीका महामन्त्री गगन थापाप्रति लक्षित गर्दै लोकतन्त्रको लागि लामो लडाईं लड्नुभएका पार्टी सभापति देउवाको उपचार समेत पूरा नहुँदै तत्कालै नेतृत्व छोड्नुपर्छ भन्नेकुरा उचित नरहेको टिप्पणी समेत गरे । 

महामन्त्री थापाप्रति लक्षित गर्दै प्रवक्ता महतले बोल्न सहज हुने तर काम गर्न कठिन रहेको टिप्पणी समेत गरे । निर्धारित समयमा पार्टीको महाधिवेशन गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको बताउँदै पार्टी सभापतिमाथि मात्रै सबै दोष थुपार्ने कुरा गलत भएको उनको भनाइ छ ।  

समयमै अधिवेशन सम्पन्न होस् र त्यसमार्फत नयाँ नेतृत्वको निर्वाचन होस् भन्नेकुरा आफूहरुले पनि चाहेको जिकिर समेत प्रवक्ता महतको थियो । संवैधानिक व्यवस्थालाई पूर्ण रुपमा टेकेर अहिलेको सरकार बन्न नसक्नु दुःखद् भएको उनले उल्लेख गरे ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *