Siddarth bankविज्ञापन
मुख्य समाचार

दशैमा घर फर्कने सर्वसाधारणको संख्या बढेसंगै काठमाडौ सुनसान

दशैमा घर फर्कने सर्वसाधारणको संख्या बढेसंगै काठमाडौ सुनसान

काठमाडौ । दशैँको मुख्य दिनहरु सुरु भएसँगै काठमाडौ उपत्यकामा चहलपहल कम देखिएको छ । फूलपातीको दिनसम्म उपत्यकाका चोक, गल्ली, मुख्य बजार, बसपार्क तथा जिल्ला जाने नाकामा सर्वसाधारणको चहलपहल बाक्लो रहे पनि महाअष्टमीका दिनबाट भने चहलपहल कम हुँदै गएको हो । दशैमा घर फर्कने सर्वसाधारणको संख्या बढेसंगै काठमाडौँमा चहलपहल कम भएको हो । अन्य दिनको तुलनामा उपत्यकाका सडकमा सवारी साधन न्यून चलेका छन् । ट्राफिक प्रहरीका अनुसार यसवर्षको दसैँमा फूलपातीका दिन सबैभन्दा बढी यात्रुले राजधानी छाडेका छन् । सो दिनमात्रै करिव डेड लाख यात्रु उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष दशैँ सुरु भएपछि अहिलेसम्म साढे पाँच लाख सर्वसाधारणले उपत्यका छाड्ने उपत्यका ट्राफिक प्रहरीले जनाएको छ । काठमाडौंमा बडादशैको टिकाको दिनदेखि भने फेरी चहलपहल बढ्ने गरेको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *